Kathmandu Press

सुदुरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना, कुमार चुडाल र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेज हुने फैसला सुनाएको हो।
सुदुरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

काठमाडौं, जेठ ३ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना, कुमार चुडाल र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेज हुने फैसला सुनाएको हो।

Hardik ivf

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्ति भएपछि गत वैशाख ९ गते रिट दायर भएको थियो। सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका हुन्।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिएका थिए । यहीविचमा नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित १ वैशाखमा दाबी पेस गरेका थिए।  

यता, नाउपाकै कैलाश चौधरीले एमाले र माओवादीका संसदीय दलको नेताको समर्थनसहित दाबी पेस गरेका थिए। दुवैको दाबीबारे निर्णय नगरेका प्रदेश प्रमुख नजिर मियाँले ४ गते दुवैको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकेको भन्दै थप दुई दिन समय दिएका थिए।

यहीबीचमा चौधरी सर्वोच्च पुगेका हुन्। रिट खारेजीसँगै सोडारी नेतृत्वको सरकारले वैधता पाएको छ।

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्