Kathmandu Press

संसदमा धकेलाधकेलपछि बैठक स्थगित

सभामुख घिमिरेले कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि धकेलाधकेलको अवस्था आएको हो।
संसदमा धकेलाधकेलपछि बैठक स्थगित

काठमाडौं, जेठ ३ : प्रतिनिधिसभा बैठक शुरु भएलगत्तै नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ। धकेलाधकेलपछि सभामुख देवराज घिमिरेले वैठक शुक्रबार ११ बजेसम्मकन लागि स्थगित गरेका छन्।  

सभामुख घिमिरेले कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि धकेलाधकेलको अवस्था आएको हो। कांग्रेस र एमाले सांसदबीच धलेलाकधेल भएकाे हाे।

Hardik ivf

सभामुखले गृहमन्त्रीलाई समय दिएपछि कांग्रेस सांसदहरुले वेल घेराउ गरेका हुन्। कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछानेलाई रोष्ट्रममा जानबाट रोक्दै नाराबाजी गरे।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरुले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरेपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका थिए।

 

प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्