प्रतिनिधि सभामा कांग्रेसको नाराबाजी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ।
काठमाडौं, जेठ ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ।
नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यलयबाट आएको पत्र पढेर सुनाएका थिए।
प्रमुख प्रतिपक्षी दलका सांसदको नाराबाजीका कारण सभामुख देवराज घिमिरेले बैठक सहज बनाउन सकेका छैनन्।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आएको छ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेससँग सहमति गर्नेगरी अपरान्ह ४ बजेका लागि बोलाइएको थियो। यो बीचमा समय समयमा सत्तापक्ष र प्रतिपक्षले छलफल गरे पनि टुंगोमा नपुगेको हो।
४ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको हो।
प्रकाशित मिति: १८:२४ बजे, बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![निर्वाचनका लागि गाउँ फर्किँदै मतदाता [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-10_49c1cc09-1772523689.jpg)