कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले उठेर विरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन्।
काठमाडौं, जेठ ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले उठेर विरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन्।
सहकारीकाे रकम अपचलनमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले संघीय संसद् अवरुद्ध गर्दै आइरहेको छ।
ययसअघि आजै १ः१५ बजेका लागि तय भएको बैठक ३ः३० बजे बस्ने गरी सारिएको थियो।
अर्को बैठक जेठ ४ गते दिउँसो १ः१५ बजे बस्ने छ।
प्रकाशित मिति: १७:४२ बजे, बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार