Kathmandu Press

नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने

चितवनमा भएको नेपाल बारको कार्यकारिणी समितिको प्रतिवेदनले उच्च अदालतलाई महत्वपूर्ण इजलासको रुपमा स्थापित गर्नुपर्ने औंल्याएको बताउँदै घिमिरेले संवैधानिक इजलास दैनिक रुपमा चल्नुपर्ने बताए।
नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं, जेठ ३ : नेपाल बार एशोसिएसनले १६औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन गर्ने भएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो जेठ ४, ५ र ६ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा उक्त सम्मेलन आयोजना हुन गइरहेको जानकारी गराइएको हो।

Hardik ivf

‘सक्षम कानून व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनःसंरचना, लोकतन्त्र सुदृढिकरणको आधार’ भन्ने नारासहित १६औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए।

चितवनमा भएको नेपाल बारको कार्यकारिणी समितिको प्रतिवेदनले उच्च अदालतलाई महत्वपूर्ण इजलासको रुपमा स्थापित गर्नुपर्ने औंल्याएको बताउँदै घिमिरेले संवैधानिक इजलास दैनिक रुपमा चल्नुपर्ने बताए।

‘चितवनमा बसेको बारको कार्यकारिणी बैठकले संवैधानिक इजलास दैनिक रुपमा चल्नुपर्ने औंल्याएका छ,’ उनले भने, ‘संवैधानिक इजलासमा मुद्दाहरुको चाङ रहेका कारण इजलासमाथि नै प्रश्नहरु उठिरहेका छन्।’

सर्वोच्च अदालतको संवैधानिक इजलासमा निर्वाचनसम्बन्धि मुद्दाहरु रहेको बताउँदै उनले यस्ता मुद्दाहरु अन्य बेन्चलाई दिएर संवैधानिक इजलासले तीन तहको सरकारका अनियमितता सम्बन्धी मुद्दाहरु हेर्नुपर्ने बताए।

त्यस्तै, बारकी महासचिव अन्जिता खनालले विज्ञाप्ति जारी गर्दै कानूनको अध्ययन तथा अनुसन्धानमा स्थापित निकायहरुको तर्फबाट समेत सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने हुँदा न्याय प्रणालीमा सम्मेलनले ठुलो भूमिका खेल्ने उल्लेख गरेकी छिन् ।

नेपाल बार एशोसियसनको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकबाट सर्वोच्च अदालतका न्यायाधीशको पदावधिको सम्बन्धमा एक अध्ययन समिति गठन गरी सो सम्बन्धी निर्णय लिनका लागि बारको राष्ट्रिय सम्मेलनमा प्रस्ताव पेश समेत गरिने छ ।

प्रकाशित मिति: १७:२५ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्