Kathmandu Press

संसदीय समिति बनाउन सत्ता घटक जिम्मेवार नदेखिएपछि कांग्रेसले संसद बैठक अवरोध गर्ने

कांग्रेस शीर्ष नेताको बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने गरी समिति गठन गर्न खोजेको भनाई राखेका छन्।
संसदीय समिति बनाउन सत्ता घटक जिम्मेवार नदेखिएपछि कांग्रेसले संसद बैठक अवरोध गर्ने

काठमाडौं, जेठ ३ : सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविनका लागि सत्ताधारी दल सहमत नभएपछि नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ।

कांग्रेस शीर्ष नेताको बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने गरी समिति गठन गर्न खोजेको भनाई राखेका छन्।

Hardik ivf

कांग्रेसले लामिछाने लगायत सहकारी ठगीका सबै प्रकरणमा छानबिन हुनुपर्ने अडान राख्दै आएको छ। तर सत्तापक्ष तयार नभएपछि पूर्ववत रुपमा संसद वैठकमा अवरोध गर्ने तयारीमा कांग्रेस छ।

प्रवक्ता डा.महतले मुख्य विषय ओझेलमा पारेर हुने छानबिनमा सहमती नरहने बताए। प्रतिनिधिसभाको बैठक अपरान्ह ४ बजे बोलाइए पनि अझै शुरु हुन सकेको छैन।

 

प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्