Kathmandu Press

पूर्वप्रधानसेनापति सिंहको निधन

लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ।
पूर्वप्रधानसेनापति सिंहको निधन

काठमाडौं, जेठ ३ : पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ।

लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए। उनको कार्यकालमा नेपाली सेनाको संगठन सुधारका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएको थियो। उनको तीन छोरा र एक छोरी छन्।

प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्