Kathmandu Press

केही दिनभित्रै सन्दीपलाई अमेरिका पठाउँछौं : अध्यक्ष चन्द

बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेको फिटनेट टेस्ट गर्नेदेखि आइसीसीलाई अनुमति पत्र लेख्ने तयारी थालेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।
केही दिनभित्रै सन्दीपलाई अमेरिका पठाउँछौं : अध्यक्ष चन्द

काठमाडौं, जेठ ३ : उच्च अदालत पाटनबाट सफाई पाएसँगै सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक पहल सुरु गरेको छ।

बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेको फिटनेट टेस्ट गर्नेदेखि आइसीसीलाई अनुमति पत्र लेख्ने तयारी थालेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

Hardik ivf

‘हामीले सन्दीपको निलम्बन फुकुवा गरिसकेपछि उनलाई विश्वकपमा कसरी सहभागी गराउन सकिन्छ भनेर लागिरहेका छौं,’ अध्यक्ष चन्दले भने, ‘यसका लागि आईसीसीसँग अनुमति माग्न पत्र पठाउनेबारे छलफल भइरहेको छ। उनको फिटनेस टेस्ट पनि हुँदैछ । केही दिन भित्रै सबै काम सकेर सन्दीपलाई अमेरिका पठाउँछौं।’

नेपालले टी–२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। रोहितकुमार पौडलको कप्तानीमा नेपाली टिम अहिले वेस्टइन्डिजमा अभ्यास गरिहेको छ।

स्रोतका अनुसार क्यानले टिम घोषणा गर्दा नै पछि सन्दीपलाई समावेश गर्न सकिने मनसायले अतिरिक्त बलर राखेको थियो। १५ सदस्यीय टिममा अहिले ६ जना फास्ट बलर छन्।

सम्भवतः प्रतिश जिसीको स्थानमा सन्दीपले विश्वकप खेल्ने नेपाली टिममा स्थान बनाउने छन्। कसलाई बाहिर गर्ने भन्नेबारे कोच र कप्तानसहितले निर्णय गर्ने चन्दले बताए।

प्रकाशित मिति: १५:४७ बजे, बिहीबार, जेठ ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्