Kathmandu Press

सचिवमा बढुवा भए लेखनाल पौड्याल र राजेन्द्रप्रसाद मिश्र

पौड्याललाई प्रशानतर्फबाट र मिश्रलाई वन तथा कृषि समूहबाट सचिवमा बढुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
सचिवमा बढुवा भए लेखनाल पौड्याल र राजेन्द्रप्रसाद मिश्र

काठमाडौं, जेठ ३ : सहजसचिवद्वय लोकनाथ पौड्याल र राजेन्द्रप्रसाद मिश्र सचिवामा बढुवा भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पौड्याल र मिश्रलाई सचिवमा बढुवा गरेको हो।

Hardik ivf

पौड्याललाई प्रशानतर्फबाट र मिश्रलाई वन तथा कृषि समूहबाट सचिवमा बढुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

सचिवका बढुवा लागि पौड्याल र मिश्रसँगै गोविन्दबहादुर कार्की, महादेव पन्थ, सञ्जीवकुमार कर्ण, सवनम शिवाकोटी सिफारिसमा परेका थिए ।

यस्तै, मन्त्रिपरिषद बैठकले सरकारी थिंकट्यांकको रुपमा स्थापना गरिएको नीति प्रतिष्ठानमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।

न्यूनतम परिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्कालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ । खड्काको कार्यकाल सकिएपछि पुनः दुई बर्षका लागि सोही पदमा नियुक्त गरिएको हो ।  

प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्