Kathmandu Press

कतारबाट नेपाल आएकी एक महिलाको पेटमा १ केजी २६० ग्राम कोकिन

चिकित्सकले म्युगालाको पेटमा सेतो पलास्टिकले र्‍यापिङ गरी निलिएको अवस्थामा ९० वटा कोकिनका क्याप्सुलहरू निकालेको हो। त्यस्को वजन १ केजी २६० ग्राम रहेको जनाइएको छ।
कतारबाट नेपाल आएकी एक महिलाको पेटमा १ केजी २६० ग्राम कोकिन

काठमाडौं, जेठ ३ : प्रहरीले कतारबाट नेपाल आएकी एक महिलाको पेटभित्रबाट १ केजी २६० ग्राम कोकिन फेला पारेको छ।

कतारबाट नेपाल आएकी केभिना म्युगालाको पेटबाट उक्त परिमाणको कोकिन फेला परेको हो। उनलाई प्रहरीले सिनामंगलबाट पक्राउ गरेको थियो।

Hardik ivf

उनले पेटभित्र निलेको अवस्थामा शंकास्पद वस्तु रहेको थाहा पाएपछि प्रहरीले चेकजाँचका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगेको थियो। चिकित्सकले म्युगालाको पेटमा सेतो पलास्टिकले र्‍यापिङ गरी निलिएको अवस्थामा ९० वटा कोकिनका क्याप्सुलहरू निकालेको हो। त्यस्को वजन १ केजी २६० ग्राम रहेको जनाइएको छ।

उनीसँगै युगान्डाकी अर्की महिलालाई पनि क्षेत्रपाटी धोबीचौरस्थित एक होटलबाट पक्राउ गरेको छ। युगान्डाकी एलट्लिटान सुसानको सुटकेसमा स्नेकर्स चकलेटभित्र लुकाएर राखेको अवस्थामा १ केजी ३९४ ग्राम कोकिन पनि बरामद भएको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा उक्त कोकिन लिन आएकी भारतीय नागरिक ३३ वर्षीया देवाजानी पाल समेत पक्राउ परेकी छन्। पाललाई पनि ठमेलस्थित धोवीचौरको एक होटेलबाट पक्राउ गरिएको हो।

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, जेठ ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्