एकीकृत समाजवादी संसदीय छानबिन समितिको पक्षमा
सहकारी ठगीमा संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरोध गर्दै आइरहेको छ।
काठमाडौं, जेठ ३ : सत्ताधारी नेकपा एकीकृत समाजवादी उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने माथि ‘सरकारी ठगी’ मा संसदीय छानबिन समिति बनाउनुपर्ने पक्षमा उभिएको छ।
सहकारी ठगीमा संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरोध गर्दै आइरहेको छ।
यही कारण विहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको ४ बजेका लागि सारिएको छ।
एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले आफ्नो पार्टी संसदीय छानविन समिति बनाउनुपर्ने पक्षमा रहेको प्रतिक्रिया संचारमाध्यमलाई दिएका छन्।
प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)