गृहमन्त्रीलाई संसदमा बोल्न दिन कांग्रेस लचक
प्रधानमन्त्री पुष्पकमल दाहालसँग कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग भएको छलफलपछि कांग्रेसले लामिछानेलाई बोल्न दिने बिषयमा लचकता अपनाएको हो।
काठमाडौं, जेठ ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने विषयमा सहमत भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग भएको छलफलपछि कांग्रेसले लामिछानेलाई बोल्न दिने बिषयमा लचकता अपनाएको हो।
दिउँसो ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा लामिछानेले बोलेपछि कांग्रेसले आफ्नो धारणा राख्ने छ। लामिछानेले बोल्दा संसद अवरोध नगर्ने र लगत्तै कांग्रेस सांसदले बोल्ने सहमति बनेको जनाइएको छ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दैै कांग्रेसल संसद अवरुद्ध गर्दै आएको छ । कांग्रेसले लामिछानेले बोलेपछि आफ्ना माग राख्ने रणनीति अपनाएको छ।
प्रकाशित मिति: १३:५४ बजे, बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)