Kathmandu Press

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको संघीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ।
राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं, जेठ ३ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ। यसअघि उक्त बैठक आज अपराह्न १ः१५ बजे बस्ने तय भएको थियो।

बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको संघीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सारेएको सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्