Kathmandu Press

देउवाले भने- ओलीजी गिरिबन्धु टि-स्टेटको जग्गा सट्टा पट्टा आफू गर्ने दोस कांग्रेसलाई लगाउने?

काठमाडौंमा विहीबार प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवा ओलीलाई नेता भएर भ्रमको खेती नगर्ने चेतावनी दिँदै नेकपा एमालेको सरकारका पालमा गिरीबन्धु जग्गाका विषयमा निर्णय भएको बताएका हुन्।
देउवाले भने- ओलीजी गिरिबन्धु टि-स्टेटको जग्गा सट्टा पट्टा आफू गर्ने दोस कांग्रेसलाई लगाउने?
फाइल तस्बिर

काठमाडौं, जेठ ३ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा एमालेको पालामा भएको भन्दै कांग्रेसका पालामा विक्रि वितरण गर्ने कुनै निर्णय नभएको बताएका छन्।

काठमाडौंमा विहीबार प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवा ओलीलाई नेता भएर भ्रमको खेती नगर्ने चेतावनी दिँदै नेकपा एमालेको सरकारका पालमा गिरीबन्धु जग्गाका विषयमा निर्णय भएको बताएका हुन्।

Hardik ivf

‘ओलीजीले संसददीय दलको बैठकमा अदालतको फैसलालाई समेत चुनौती दिदै कांग्रेसले गिरीबन्दै टि इस्टेटको जग्गा विक्रि गर्न दिएको भन्ने भ्रम सृजना गर्नु भएकाछ उहाँलेनै यस्तो निर्णय गरेको हो। आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ,’ देउवाले भने, ‘कहिले, कसको पालोमा भयो, के भयो छानविन गरौ न, यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ।’

‘ओलीजीले यस्तो कुराबोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो,’ उनले भने।

एमाले संसदीय दलको बुधबारको बैठकमा ओलीले गिरीबन्धु टि–स्टेटका सन्दर्भमा अदालतको आदेशअनुसार कानुन बनाउँदा कसरी अपरिपक्व भयो भनेर टिप्पणी गरेका थिए।

प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्