Kathmandu Press

जुम्लामा मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते

बिहीबार बिहान करिव साढे सात बजेतिर भएको उक्त दुर्घटनामा कर्णाली प्रदेश ०२००१ ख ०२८७ नम्बरको मिनी ट्रक चालक र सहचालक दुवै जना घाइते भएका हुन्।
जुम्लामा मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते

मुगु, जेठ ३ : जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिक भएको मिनी ट्रक दुर्घटनामा दुईजना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बिहीबार बिहान करिव साढे सात बजेतिर भएको उक्त दुर्घटनामा कर्णाली प्रदेश ०२००१ ख ०२८७ नम्बरको मिनी ट्रक चालक र सहचालक दुवै जना घाइते भएका हुन्।

Hardik ivf

गाडी चालक सुर्खेतका २७ बर्षीय लक्ष्मीप्रसाद जैसीको अवस्था सामान्य छ। सहचालक सुर्खेत अलाचौर बस्ने १७ बर्षीय बिष्णु अधिकारीको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी प्रहरी निरीक्षक उमेश बहादुर चन्दले जानकारी दिए।

चन्दका अनुसार बिहान मिनी ट्रक सुर्खेतदेखि खाद्यन्न बोकेर मुगुतर्फ जाने क्रममा अनियन्त्रित भइ नाम्म गमगढी सडक खण्ड अन्तरगत जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिकै सडकबाट तीन सय मिटर तल खसेको हो।

घाइतहरुको जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, जेठ ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्