Kathmandu Press

संसदकाे अवरोध खुलाउन सभामुख सक्रिय, प्रधानमन्त्री र प्रमुख सचेतकसँग छलफल

प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन्।
संसदकाे अवरोध खुलाउन सभामुख सक्रिय, प्रधानमन्त्री र प्रमुख सचेतकसँग छलफल

काठमाडौं, जेठ ३ : सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्।

प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन्।

Hardik ivf

सभामुखले प्रधानमन्त्री दाहालसँग फोनमा कुरा गरेका थिए भने प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गरे।

सभामुख सचिवालयका अनुसार, बैठक सहज बनाउन सभामुखले नेताहरुसँग पनि सम्वाद जारी राखेका छन्।

नेपाली कांग्रेस, एमाले, माओवादी देखि राप्रपासम्मका संसदमा रहेका दलका प्रमुख सचेतक सभामुखसँगको छलफलमा सहभागी थिए।

प्रकाशित मिति: ११:४१ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्