Kathmandu Press

कांग्रेस र नाउप सांसदको नाराबाजीपछि सुदूरपश्चिम प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित

कांग्रेस र नागरिक उन्मुक्तिका सांसदहरू नाराबाजी गर्दै वेल घेरेलपछि बैठक स्थागित भएको हो।
कांग्रेस र नाउप सांसदको नाराबाजीपछि सुदूरपश्चिम प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित

कैलाली, जेठ ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मूक्ति पार्टीका संसदहरुले नाराबाजी गरेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ।

मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका सांसदहरूले नाराबजी गरेपछि सभामुख भीमबहादुर भण्डारीले बैठक ३० मिनेटका लागि स्थागित गरेका हुन्।

Hardik ivf

सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूचीतर्फ बढ्न आग्रह गरेका थिए। त्यसपछि  त्यसपछि नागरिक उन्मुक्तिका सांसद घनश्याम चौधरीले बोलेका थिए।

उनले बोलेलगत्तै त्यसपछि कांग्रेस र नागरिक उन्मुक्तिका सांसदहरू नाराबाजी गर्दै वेल घेरेलपछि बैठक स्थागित भएको हो।

प्रकाशित मिति: ११:१९ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्