Kathmandu Press

संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको निर्दोशन

प्रतिनिधिसभाको आजको बैठक अनिवार्य उपस्थित हुने नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।
संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको निर्दोशन

काठमाडौं, जेठ ३ : प्रतिनिधिसभाको आजको बैठक अनिवार्य उपस्थित हुने नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। सांसदहरुलाई म्यासेज पठाउँदै कांग्रेस अनिवार्य उपस्थित हुन बनेको हो।

प्रतिनिधिसभाको बैठक आज ११ बजेको लागि बोलाइएको छ। तर, बैठक सुरु भएको छैन।

Hardik ivf

सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ।

कांग्रेसले छानविन समिति नबनेसम्म संसद चल्न नदिने अडान लिएको छ। आज संसदमा गृहमन्त्री रवि लामिछानेले बोल्ने कार्यसूची रहेकाले पनि कांग्रेसले सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो।

कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको थियो।

प्रकाशित मिति: ११:१२ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्