Kathmandu Press

नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

पार्टीको अब बस्ने सचिवालय बैठकले चारवटा प्रतिवेदनलाई अनुमोदन गरेपछि त्यसलाई एकमात्र साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने छ।
नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

काठमाडौं, जेठ ३ : नेकपा एकीकृत समाजवादीको आगामी महाधिवेशनमा साझा दस्तावेज पेस हुने भएको छ।

राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरुले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस पनि गरेको छ।

Hardik ivf

पार्टीको अब बस्ने सचिवालय बैठकले चारवटा प्रतिवेदनलाई अनुमोदन गरेपछि त्यसलाई एकमात्र साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने छ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन पनि दिएको छ।
 
गत वैशाख ३१ गतेसम्म प्राप्त सदस्यको नामावलीलाई अनुमोदन गरेको पार्टीले जेठ १० गतेसम्म नयाँ र पुरानो सङ्गठित सदस्यको विवरण अद्यावधिक गर्न समय तोकेको छ । आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गरिने जनाइएको छ।

प्रकाशित मिति: ११:०४ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्