‘सत्तापक्ष नै प्रतिपक्षलाई धम्क्याईरहेको छ’
‘संविधान भित्रै बसेर संविधानलाई चुनौती दिने प्रवृत्तिहरु देखिन थालेका छन्। लोकतन्त्रमा लोकतान्त्रिक प्रतिपक्षलाई धम्क्याउने, हप्काउने र तर्साउने खालका अभिव्यक्तिरु सत्तापक्षकै एउटा घटकले दिइरहेको छ,’ केसीले भने।-1715836423.png)
काठमाडौं, जेठ ३ : नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्ता पक्ष नै संविधानलाई चुनौती दिने गरी सामाजिक सद्भाव र जातीय सन्तुलनमा खलल पुग्ने काम गर्न थालेको आरोप टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६औं साधारणसभामा नेता केसीले भने, ‘सत्ता पक्षबाट नै हाम्रो सामाजिक सद्भाव र जातिय सन्तुलनमा खलल पुग्ने कामहरु हुन थालेका छन्।’
उनले नेपाली कांग्रेसले गम्भीर विषयलाई लिएर संसद अवरोध गरेको उल्लेख गर्दै एमालेले आफूहरुलाई धम्याएको आरोप लगाए।
‘संविधान भित्रै बसेर संविधानलाई चुनौती दिने प्रवृत्तिहरु देखिन थालेका छन्। लोकतन्त्रमा लोकतान्त्रिक प्रतिपक्षलाई धम्क्याउने, हप्काउने र तर्साउने खालका अभिव्यक्तिरु सत्तापक्षकै एउटा घटकले दिइरहेको छ,’ केसीले भने।
यस्तै उनले एमाले विगतमा सबैभन्दा धेरै चार महिनासम्म संसद अवरोध गर्ने पार्टी भएको उल्लेख गर्दै अहिले लोकतन्त्रमाथि नै खतरा आएको बताए।
‘अहिले हामीले नेपाली जनताको आवश्यकताको दृष्टिकोणले लाखौं लाख सहकारी पीडितहरुको प्रतिनिधित्व गर्नको निम्ति संसदीय समितिको माग गरेका छौं। उहाँहरुले नै सुन काण्डमा २२ दिन संसद बन्द गरेको इतिहास सुने पनि हुन्छ,’ उलने भने, ‘यो खालका धम्कीहरु, सर्वोच्च अदालतले गरेका निर्णयहरुलाई चुनौती दिने अभिव्यक्तिहरुले लोकतन्त्र माथिनै चुनौती दिने खालको जुन अवस्था छ, यसलाई कांग्रेसले गम्भीर भएर समीक्षा गर्नुपर्छ।’












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)