कोशी, बागमती र कर्णालीमा पानी पर्ने सम्भावना
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोसी र मधेस प्रदेशसहित पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ ।काठमाडौं, जेठ ३ : आज देशका केही भू–भागमावर्षा हुनेसम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोसी र मधेस प्रदेशसहित पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ ।
विभागका अनुसार दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
प्रकाशित मिति: ०७:५१ बजे, बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, भ्रमण टोलीमा ८७ जनाबिहीबार, मंसिर १३, २०८१
परराष्ट्रमन्त्री राणा चीनको छेङ्दुमाबिहीबार, मंसिर १३, २०८१
रवि लामिछानेलाई काठमाडौं ल्याउँदा त्रिभुवन विमानस्थलमा जे देखियो [फोटो फिचर]बिहीबार, मंसिर १३, २०८१
मानव बेचबिखनको आरोपमा एक जना पक्राउबिहीबार, मंसिर १३, २०८१