Kathmandu Press

इतिहास रच्दै स्यान्टु ओलम्पिकमा

छनोट पार गरेर ओलम्पिक खेल्ने टेबलटेनिसको पहिलो र तेस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले छनोट पार गरेर ओलम्पिक खेलेका थिए।
इतिहास रच्दै स्यान्टु ओलम्पिकमा

काठमाडाैं, जेठ २ : इतिहास रच्दै टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकका लागि छनोट भएका छन्।

काठमाडौंमा भएको दक्षिण एसियाली टेबलटेनिस छनोटको पुरुष एकलको फाइनल जित्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरेका हुन्।

Hardik ivf

छनोट पार गरेर ओलम्पिक खेल्ने टेबलटेनिसको पहिलो र तेस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले छनोट पार गरेर ओलम्पिक खेलेका थिए।

स्यान्टुले बुधबार भएको फाइनल भिडन्तमा आफ्नै देशका संयोग कपालीलाई ४–३ ले पराजित गरेका हुन्। संयोगको भने ओलम्पिक खेल्ने सपना पूरा हुन सकेन।

यसअघि स्यान्टुले सेमिफाइनलमा श्रीलंकाका चमिरा गिनिगे र संयोगले अर्का श्रीलंकन खेलाडी जयसनका डी सिल्भालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए। फाइनलमा दुई नेपाली खेलाडीले स्थान पक्का गरेसँगै नेपालका टेबलटेनिस खेलाडीले छनोट पार गरेर ओलम्पिक खेल्ने पक्का भएको थियो।

ओलम्पिकको दक्षिण एसियाली छनोटमा पुरुष र महिलातर्फ एक एक वटा कोटा थियो। जसमा महिलातर्फ भने माल्दिभ्सकी फतिमा धीमाले स्थान पक्का गरिन्। उनले फाइनलमा श्रीलंकन प्रतिद्वन्द्वी बन्दरासँग पराजित भइन्। नेपालकी इभाना श्रेष्ठ उनै बन्दरासँग सेमिफाइनलमा रोकिएकी थिइन्।

नेपालका लागि इतिहास रचेका स्यान्टुले यसअघि २०२२ मा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका थिए।

प्रकाशित मिति: २१:०७ बजे, बुधबार, जेठ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्