Kathmandu Press

संसदको अवरोध खुलाउन सत्तापक्षका शीर्ष नेताबीच छलफल

संसदीय छानबिन समिति गठन गर्ने कि अरु नै विकल्प निस्कन सक्छ भनेर तीन नेतावीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।
संसदको अवरोध खुलाउन सत्तापक्षका शीर्ष नेताबीच छलफल
फाइल तस्बिर।

काठमाडौं, जेठ २ : संसदको अवरोध फुकाउन विकल्प खोज्न सक्रिय रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलका दुई नेतासँग छलफल गरेका छन्।

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बिहीबारको प्रतिनिधिसभा बैठक सञ्चालन बारे छलफल गरे पनि कुनै निष्कर्ष भने निस्किएन।

Hardik ivf

संसदीय छानबिन समिति गठन गर्ने कि अरु नै विकल्प निस्कन सक्छ भनेर तीन नेतावीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।

प्रधानमन्त्रीले आजै बिहान सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका थिए। संसदको अवरोध हटाउने बारेमा सत्ता पक्षका दलहरूले नै एउटा विकल्प तयार गर्न सभामुखले सुझाएका थिए ।

प्रतिनिधिसभाको बैठक भोलि बिहीबार ११ बजे बस्नेछ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबने भोलिको बैठक पनि अवरोध गर्ने भएको छ।

 

प्रकाशित मिति: १९:४७ बजे, बुधबार, जेठ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्