प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे ओली
सहकारीको रकम ठगी प्रकरणमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गरिहेका बेला दुई नेताबीच छलफल भएको हो।
काठमाडौं, जेठ २ : एमाले संसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच अहिले सिंहदरबारमा छलफल भइरहेको छ। भेटघाटको विषय खुलेको छैन।
सहकारीको रकम ठगी प्रकरणमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गरिहेका बेला दुई नेताबीच छलफल भएको हो।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेपछि दुवै सदनले राष्ट्रपतिलाई धन्यवाद दिन नसकेको स्थिति समेत छ । संसद्लाई कसरी सहज तरिकाले सञ्चालन गर्ने भन्ने विषयमा प्रचण्ड र ओलीविच छलफल भएको अनुमान गरिएको छ।
प्रकाशित मिति: १५:५५ बजे, बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)