Kathmandu Press

लागतार दोहोरो अंकले बढेको नेप्से बुधाबर घट्यो

८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ।
लागतार दोहोरो अंकले बढेको नेप्से बुधाबर घट्यो

काठमाडौं, जेठ २ : चार दिनयता बढेको सेयर बजार बुधबार घटेको छ । नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ विन्दुमा रह्यो।

८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ।

Hardik ivf

मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुग्दा ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको थियो।

आज १३ उपसमूहमा उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापारबाहेक सबै घटेका छन्। १७१ कम्पनीको सेयरमूल्य घट्दा ६६ कम्पनीको मात्रै बढेको छ । ८ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुनेमा पिपुल्स पावर छ। उक्त कम्पनीको ११ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै नेपाल फाइनान्सको १० करोड ९४ लाख, सांग्रिला विकास बैंकको ७ करोड ९८ लाख, सोनापुर मिनरल्सको ७ करोड ८२ लाख र शिवम् सिमेन्टको ७ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

घटेको बजारमा पनि दुई लघुवित्तका लगानीकर्ता सेयरमूल्य बढेर सर्किट लाग्दा फाइदामा रहे भने एउटा लघुवित्तको नेगेटिभ सर्किट लागेको छ। उपकार र युनिक नेपाल लघुवित्तको सेयरमा पोजेटिभ सर्किट लागेको हो।

यस्तै सेयरमूल्य घटेर सर्किट लाग्नेमा गुराँस लघुवित्त छ।

 

प्रकाशित मिति: १५:४९ बजे, बुधबार, जेठ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्