कांग्रेसलाई अब सनदमा बोल्न दिइँदैन : ओली
‘कांग्रेसलाई अब बोल्न दिइँदैन। पहिले रवि लामिछानेले बोल्न पाउनुप¥यो, होइन भने हामी बोल्छौं,’ उनले भने, ‘कांग्रेसले आरोपित गरिरहने? प्रतिवाद गर्न नपाउने? यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास हुन्छ।’
काठमाडौं, जेठ २ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नबोलेसम्म कांग्रेसलाई बोल्न नदिने बताएका छन्।
बुधबार बसेको एमाले संसदीय दल बैठकमा ओलीले सदनमा लामिछानेले पहिले बोल्न पाउनुपर्ने बताए।
‘कांग्रेसलाई अब बोल्न दिइँदैन। पहिले रवि लामिछानेले बोल्न पाउनुप¥यो, होइन भने हामी बोल्छौं,’ उनले भने, ‘कांग्रेसले आरोपित गरिरहने? प्रतिवाद गर्न नपाउने? यस्तो न डेमोक्रेसी हुन्छ, न संसदीय अभ्यास हुन्छ।’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछाने मुछिएको बताउँदै संसदीय छानविन समिति गठन गर्नुपर्ने मागसहित प्रतिनिधिसभा र राष्ट्रिय सभामा अवरोध गर्दै आएको छ।
प्रकाशित मिति: १४:५१ बजे, बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)