सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता
दुईवटा सफ्टवेयरमार्फत कानुन व्यवसायी वा सैवाग्राही निवेदकले रिट दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।
काठमाडौं, जेठ २ : सर्वोच्च अदालतमा अनलाइनमार्फत रिट दर्ता शुरु गरिएको छ । मंगलबारदेखि अनलाइनमार्फत रिट दर्ता प्रक्रिया शुरु गरिएको सर्वोच्चले जनाएको छ।
अब कागजी रिट दर्ताका लागि अदालत नै पुगेर रिट दर्ता गर्नुपर्ने झञ्झटबाट सेवाग्राहीले छुट्कारा पाउने भएका छन्। दुईवटा सफ्टवेयरमार्फत कानुन व्यवसायी वा सैवाग्राही निवेदकले रिट दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।
रिट निवेदनको पेसीको सूचना पनि पक्षहरूलाई अनलाइनबाटै पठाइने प्रणालीको विकास सर्वोच्च प्रशासनले गरेको छ। उच्च र जिल्ला अदालतमा पनि अनलाइनमार्फत रिट दर्ता प्रणाली विकास गर्ने योजना रहेको सर्वोच्चले जनाएको छ।
प्रकाशित मिति: १४:२६ बजे, बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)