Kathmandu Press

नीति तथा कार्यक्रम ९ गते पारित गर्ने कार्यसूची

प्रतिनिधि सभाको कार्यसूची अनुसार जेठ ९ गते छलफल सकाएर निर्णयार्थ प्रस्तुत गर्ने क्यालेन्डर तय भएको छ।
नीति तथा कार्यक्रम ९ गते पारित गर्ने कार्यसूची
Hardik ivf

काठमाडौं, जेठ २ : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने कार्यसूची तय भएको छ। सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो।

प्रतिनिधि सभाको कार्यसूची अनुसार जेठ ९ गते छलफल सकाएर निर्णयार्थ प्रस्तुत गर्ने क्यालेन्डर तय भएको छ।

उक्त दिन शून्य सयम, विशेष समय, प्रधानमन्त्रीबाट वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ, प्राप्त संशोधनहरु र वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची तय भएको छ।

प्रकाशित मिति: १३:५५ बजे, बुधबार, जेठ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्