सन्दीपको फैसला सुनाउने तयारी, सुरक्षामा कडाई
फैसला आउने भएपछि अदालतमा पक्षविपक्षको भिड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले अदालत परिषरमा दर्जनौंको संख्यामा प्रहरी पुगेका छन्।
काठमाडौं, जेठ २ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा फैसला गर्ने तयारी गरेको छ।
फैसला आउने भएपछि अदालतमा पक्षविपक्षको भिड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले अदालत परिषरमा दर्जनौंको संख्यामा प्रहरी पुगेका छन्।
लामिछानेको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा लगातार सुनुवाइ भइरहेको छ।
बुधबार जवाफी बहस सकेर फैसला सुनाउने तयारी छ।
गाैशाला २६ काे जवाफी बहस सकिएकाे छ भने खाजा समयपछि सन्दीपका वकिलले जवाफी बहस गर्नेछन्। जवाफी बहस सकिएपछि फैसला सुनाइनेछ।
प्रकाशित मिति: १३:२५ बजे, बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(7)-1765197040.jpg)