Kathmandu Press

सहकारी ठगी र गिरीबन्धु टी–स्टेटमा कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

नेविसंघ त्रिचन्द्र क्याम्पसको आयोजनामा काठमाडौंको घण्टाघरअगाडि प्रदर्शन गरिएको हो। सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरूपयोग भए पनि सरकार गम्भीर नभएकोले प्रदर्शन गरेको नेविसंघले जनाएको छ।
सहकारी ठगी र गिरीबन्धु टी–स्टेटमा कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं, जेठ २ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले सहकारीको बचत अपचलन र गिरीबन्धु टी–स्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै बुधबार प्रदर्शन गरेको छ।

नेविसंघ त्रिचन्द्र क्याम्पसको आयोजनामा काठमाडौंको घण्टाघरअगाडि प्रदर्शन गरिएको हो। सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरूपयोग भए पनि सरकार गम्भीर नभएकोले प्रदर्शन गरेको नेविसंघले जनाएको छ।

Hardik ivf

प्रदर्शनकाक्रममा नेविसंघका २० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाली कांग्रेसले सदनमा अवरोध गरिरहेका बेला भ्रातृ संस्था नेविसंघसहित तरूण दल र नेपाल महिला संघले सडकमा सहकारी प्रकरणलाई लिएर प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति: १२:४७ बजे, बुधबार, जेठ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्