Kathmandu Press

भरतपुरको ६ लेन सडक निर्माण अन्तिम चरणमा

सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षमा पाँच करोड मात्र बजेट विनियोजन भएको थियो। थप २० करोड बजेट निकासा गरेर काम गरिएको उनले जानकारी दिए।
भरतपुरको ६ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन, जेठ २ : भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ।

चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो।

सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षमा पाँच करोड मात्र बजेट विनियोजन भएको थियो। थप २० करोड बजेट निकासा गरेर काम गरिएको उनले जानकारी दिए।

Hardik ivf

सडकको केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङ्सम्म कालोपत्र सकिएको छ। बसपार्कबाट पुल्चोकसम्म केही ठाउँमा दोस्रो र अधिकांश ठाउँमा कालोपत्रको अन्तिम तह बाँकी छ।

फुटपाथ, सर्भिसलेन, हरियालीका काम, सडक बत्तीलगायतका काम भइरहेको छ। कालोपत्र मात्र बाँकी रहेकाले धेरै समय नलाग्ने उनले बताए। भरतपुर महानगरपालिकाले सहरी क्षेत्रको सडक छिटो सम्पन्न गर्न बजेट निकासाको पहल गरेको थियो।

‘अब बजेटको अभाव हुँदैनm निर्माण कम्पनीले तीव्र रुपमा काम गर्नुप¥यो,’ उनले भने।

२०७७ असोजमा सम्झौता भई निर्माण सुरु भएको सो सडक खण्डको भदौसम्मका लागि दोस्रो पटक म्याद थपिएको छ। निर्माणको काम इन्डो सगुन जेभीले  गरिरहेको छ।

 भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहरी क्षेत्रको सडकका लागि चालु आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएकामा सम्बन्धित निकायमा अनुरोध गरेर बजेट निकासा गराएको बताइन्।

महानगरपालिकाले घोषणा गरेको भ्रमण वर्ष सन् २०२४ यही सडकका  कारण तोकिएको समयमा उद्घाटन हुन सकेको थिएन।

 

प्रकाशित मिति: १२:३० बजे, बुधबार, जेठ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्