Kathmandu Press

संसदको अवरोध खुलाउन प्रधानमन्त्रीसँग सभामुखको आग्रह

प्रतिपक्षको निरन्तरको अवरोधले संसदबाट विधेयकहरु पारित गर्न नसकिएको, नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढ्न असम्भव देखिएको जस्ता विषयमा प्रधानमन्त्रीसँग चर्चा गरेका थिए।
संसदको अवरोध खुलाउन प्रधानमन्त्रीसँग सभामुखको आग्रह

काठमाडौं, जेठ २ : सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रतिपक्षी दल नेपाली कांग्रेससँग तत्काल सहमतिको प्रयाश थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन्।्

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख घिमिरे र प्रधानमन्त्री दाहालवीच प्रमखु प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध जारी राखेको विषमयमा छलफल भएको थियो। त्यसक्रममा सभामुखले प्रतिपक्षसँग तत्काल सम्वाद थालेर अवरोध हटाउने प्रयाश गर्न प्रधानमन्त्रीलाई सल्लाह दिएका हुन्।

Hardik ivf

प्रतिपक्षको निरन्तरको अवरोधले संसदबाट विधेयकहरु पारित गर्न नसकिएको, नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढ्न असम्भव देखिएको जस्ता विषयमा प्रधानमन्त्रीसँग चर्चा गरेका थिए।

मंगलबार राष्ट्रिय सभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नसकिएको स्मरण गराउँदै सभामुखले भोलि बिहीबार बस्ने प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने वातावरण बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।

मंगलबारको संसद बैठकमा कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि त्यसपछिको बैठकमा सहकारी प्रकणमा संसदीय समिति गठनको अडान कायम राख्दै अवरोध गरेको थियो।

छलफलमा प्रधानमन्त्रीले आज सत्तापक्षका नेताहरुसँग बैठक बस्ने तयारी गरेको जानकारी दिँदै भोलि (३) गते बस्ने संसद बैठक खुलाउने गरी प्रयाश गर्ने सभामुखलाई आश्वासन दिएका थिए।

प्रकाशित मिति: ११:०२ बजे, बुधबार, जेठ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्