सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ
सन्दीपका तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, रमण श्रेष्ठ, शम्भु थापा, कृष्ण सापकोटा,मुरारी सापकोटा लगायतले बहस गरेका छन् ।काठमाडौं, जेठ २ : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ ।मंगलबार न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।
सन्दीपका तर्फबाट मंगलबार वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, रमण श्रेष्ठ, शम्भु थापा, कृष्ण सापकोटा,मुरारी सापकोटा लगायतले बहस गरेका छन् । आज पनि सो बहसले निरन्तरता पाउने छ भने अदालतले फैसला दिनसक्ने सम्भावना छ ।
बलात्कार मुद्दामा दोषी ठहर गर्दै लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत पुस २५ गते८ वर्ष जेल सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसलापछि सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।
प्रकाशित मिति: ०८:०९ बजे, बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारी वकिल कार्यालयले यसकारण चलाएन कोशी सांसद अधिकारीविरूद्ध मुद्दासोमबार, मंसिर १०, २०८१
सिंहदरबारको बैठकमा प्रधानमन्त्री ओलीले भने- चीन भ्रमणमा ऋणसम्बन्धी कुनैपनि सम्झौता हुँदैनसोमबार, मंसिर १०, २०८१
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१
उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापनासोमबार, मंसिर १०, २०८१