Kathmandu Press

डेढ अर्ब हिनामिना गरेका पोखराकाे प्राइम सहकारीका ८ जना पक्राउ

प्राइम सहकारीमा २ हजार ३ सय बचतकर्ताको १ अर्ब चौवन्न करोड १५ लाख ८ हजार १ सय ४२ रुपैयाँ अपचलन तथा हिनामिना भएको भन्दै गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले अनुसन्धानको माग गर्दै प्रहरीलाई प्रतिवेदन बुझाएको थियो।
डेढ अर्ब हिनामिना गरेका पोखराकाे प्राइम सहकारीका ८ जना पक्राउ

कास्की, जेठ १ : बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रकरणमा प्रहरीले पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका ८ जनालाई पक्राउ गरेको छ।

प्रहरीले सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, सञ्चालक समिति अध्यक्ष शंकर कार्की, सहकारी व्यवस्थापक निरु थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष कुलदिप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई पक्राउ गरेको छ।

Hardik ivf

उनीहरुलाई सहकारी ऐन, २०७४ बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयलेकाे जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्राइम सहकारीमा २ हजार ३ सय बचतकर्ताको १ अर्ब चौवन्न करोड १५ लाख ८ हजार १ सय ४२ रुपैयाँ अपचलन तथा हिनामिना भएको भन्दै गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले अनुसन्धानको माग गर्दै प्रहरीलाई प्रतिवेदन बुझाएको थियो।

यस्तै, प्रहरीले सहकारीमा समस्या देखिएपछि निक्षेपकर्ताहरुलाई उजुरी दिन मंगलबार नै सूचनासमेत जारी गरेको छ। प्रमाण खुल्ने शेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्रलगायत प्रमाण पेस गर्न प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति: २०:२३ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्