Kathmandu Press

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेपछि वैठक स्थगित गरिएको हो।
कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं, जेठ १ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ।  

बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेर विरोध गरेका थिए। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेपछि वैठक स्थगित गरिएको हो।

Hardik ivf

सरकारको नीति र कार्यक्रम प्रश्तुतीपछि राष्ट्रपतिलाई धन्यवाद दिन राष्ट्रिय सभा बैठक बसेको हो।

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक जेठ ३ गते बिहीबार अपराह्न १ः१५ मा बस्ने गरी स्थगित भएको जानकारी गराएका छन्।

प्रकाशित मिति: १८:३२ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्