Kathmandu Press

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक जेठ ३ गते बस्ने

निरन्तर नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आजको कार्यसूचिमा रहेका सम्पूर्ण कार्यक्रमहरु हटाउँदै बैठक स्थगित गरेको घोषणा गरेका थिए।
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक जेठ ३ गते बस्ने

काठमडौं, जेठ १ : सहकारीको रकम हिनामिना प्रकणमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सरकारको नीति तथा कार्यक्रम पेशभए लगत्तै राष्ट्रपतिलाई धन्यवाद दिन प्रतिनिधिसभाको बैठक बसेको थियो।

Hardik ivf

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा लगत्तै कांग्रेस सांसदहरुले संसदीय छानविन समिति गठनको माग गरेर नाराबाजीसहित वेल घेराउ गरेका छन्।

निरन्तर नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आजको कार्यसूचिमा रहेका सम्पूर्ण कार्यक्रमहरु हटाउँदै बैठक स्थगित गरेको घोषणा गरेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक जेठ ३ गते बिहीबार बिहान ११ बजे बस्ने छ।

प्रकाशित मिति: १८:२९ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्