Kathmandu Press

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

केन्द्रको निर्देशन अनुरुप विश्वासको मत लिने दिन सबै प्रदेश सदस्यलाई प्रदेश सभा बैठकमा उपस्थित हुनसमेत निर्देशन दिइएको छ।
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
Hardik ivf

काठमाडौं, जेठ १ : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ।

नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका सोडारीलाई विश्वासको मत दिन एमाले केन्द्रबाट निर्देशन गएको जनाइएको छ। केन्द्रको निर्देशन अनुरुप विश्वासको मत लिने दिन सबै प्रदेश सदस्यलाई प्रदेश सभा बैठकमा उपस्थित हुनसमेत निर्देशन दिइएको छ।

वैशाख ६ गते एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भए सोडारीले जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिने लागेका छन्।

प्रकाशित मिति: १८:०७ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्