Kathmandu Press

कांग्रेसले भन्याे- नीति तथा कार्यक्रमले सहकारी पीडितलाई सम्बोधन गर्न सकेन

‘सहकारीका बचत गरेका मानिसहरुको मर्कालाई सम्बोधन गर्न सकेन। सहकारीमा ठगी गर्ने, रकम हिनामिना गर्ने मान्छेलाई कारबाही गर्छु भन्न सकेको छैन,’ लेखकले भने।
कांग्रेसले भन्याे- नीति तथा कार्यक्रमले सहकारी पीडितलाई सम्बोधन गर्न सकेन

काठमाडौं, जेठ १ : सरकारको नीति तथा कार्यक्रमले सहकारी पीडितलाई सम्बोधन गर्न नसकेको भनाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेको छ।

संघीय संसदको संयुक्त बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रमले नयाँ उत्साह दिन नसकेको बताए।

Hardik ivf

‘सहकारीका बचत गरेका मानिसहरुको मर्कालाई सम्बोधन गर्न सकेन। सहकारीमा ठगी गर्ने, रकम हिनामिना गर्ने मान्छेलाई कारबाही गर्छु भन्न सकेको छैन,’ लेखकले भने।

नियामक निकाय बनाउने बिषय नयाँ नभएको पनि लेखकले बताए। उनले भने, ‘ठगी गर्ने मानिसलाई कारबाही गर्ने र हिनामिना भएको रकम फिर्ता गर्ने स्पष्ट प्रतिवद्धता आउन सक्नुपथ्र्यो।’

सरकार सहकारी पीडितहरुको मर्काप्रति सरकार संवदनशील छैन भन्ने प्रष्ट भएको पनि प्रमुख सचेतक लेखकले बताए।

‘सहकारीमा ठगी गर्ने मानिसहरुलाई बचाउने काममा सरकार लाागेको छ भनेर हामीले भनिराखेका थियौं, आज यसको पुनर्पुष्टि भएको छ,’ लेखकले प्रतिक्रिया दिँदै भने।

प्रकाशित मिति: १८:०६ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्