Kathmandu Press

नेपालले भू–उपग्रह स्थापना गर्ने

आज सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना सार्वजनिक गरेका हुन्।
नेपालले भू–उपग्रह स्थापना गर्ने

काठमाडौं, जेठ १ : सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने घोषणा गरेको छ।

आज सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना सार्वजनिक गरेका हुन्।

संघीय संसदका संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने, ‘नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने कार्य अघि बढाइने ।’

यस्तै, सरकारले डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समुदायको सूचना प्रविधिमा पहुँच विस्तार गरिने समेत नीति लिएको उनले बताए।

प्रकाशित मिति: १७:४५ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्