प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सुनेर संसदमै हाँसो
राष्ट्रपति पौडेलले यस्तो कार्यक्रम पढेर सुनाउँदा प्रधानमन्त्री स्वयम् उपप्रधानमन्त्री रघुवीर महासेठसँग कानेखुसी गर्दै हाँसेका थिए। यस्तो कार्यक्रम सुनेपछि अन्य दलका सांसद पनि हाँसेका थिए।काठमाडौं, जेठ १ : सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने बिषय सुनेर संसदमै हाँसोको बिषय बनेको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त सभामा नीति तथा कार्यक्रममा यस्तो बिषय सुनाउँदा हाँसोको बिषय बनेको हो।
‘महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सशक्त बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिनेछ,’ नीति र कार्यक्रममा उल्लेख छ।
राष्ट्रपति पौडेलले यस्तो कार्यक्रम पढेर सुनाउँदा प्रधानमन्त्री स्वयम् उपप्रधानमन्त्री रघुवीर महासेठसँग कानेखुसी गर्दै हाँसेका थिए। यस्तो कार्यक्रम सुनेपछि अन्य दलका सांसद पनि हाँसेका थिए।
प्रकाशित मिति: १७:१० बजे, मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)