५ वर्षभित्र आधारभूत शिक्षा सुनिश्चित गर्ने घोषणा
जेष्ठ नागरिकका तर्फबाट नयाँ पुस्ताका बालबालिका तथा युवा वर्गमा ज्ञान, सीप तथा अनुभव पुस्तान्तरण आवश्यक प्रबन्ध गरिने पौडेलले बताए।
काठमाडौं, जेठ १ : सरकारले अगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्ति सुनिश्चित गर्ने घोषणा गरेको छ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले अगामी सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउँदै विद्यालय बाहिर रहेका बालबालिकालाई अनौपचारिक शिक्षा प्रदान गरिने बताएका हुन्।
उनका अनुसार प्रारम्भिक तथा बालविकास शिक्षा प्रणालीलाई परिमार्जित गरिने नीति सरकारले लिनेछ।
जेष्ठ नागरिकका तर्फबाट नयाँ पुस्ताका बालबालिका तथा युवा वर्गमा ज्ञान, सीप तथा अनुभव पुस्तान्तरण आवश्यक प्रबन्ध गरिने पौडेलले बताए।
त्यस्तै, विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाई शिक्षण सिकाइमा रहेको असमानता कम गर्ने पनि सरकारको नीति रहेको छ।
प्रकाशित मिति: १६:५० बजे, मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












