Kathmandu Press

सरकारको नीति तथा कार्यक्रममा एमाले हाबी

नीति तथा कार्यक्रममा समाजवाद उन्मुख आर्थिक सामाजिक रुपान्तरणलाई, राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायको लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्ने उल्लेख छ।
सरकारको नीति तथा कार्यक्रममा एमाले हाबी

काठमाडौं, जेठ १ : आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा नेकपा एमाले हाबी भएको देखिएको छ।

सत्तारुढ गठबन्धनमा सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरे पनि सरकारको नीति तथा कार्यक्रममा भने नेकपा एमालेको हात माथि देखिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एमाले नेतृत्वको सरकारले ल्याएको नीति कार्यक्रमको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा जस्ताको तस्तै राखिएको छ।

Hardik ivf

नीति तथा कार्यक्रममा समाजवाद उन्मुख आर्थिक सामाजिक रुपान्तरणलाई, राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायको लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्ने उल्लेख छ।

यो नारा केपी ओली नेतृत्वको सरकारकोे नीति तथा कार्यक्रमबाट जस्ताको तस्तै राखिएको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेकपा एमालेको अवधारणा हो।

वर्तमान सत्तारुढ गठबन्धनमा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहेका छन्।

सरकारको नीति तथा कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई राष्ट्रिय आकांक्षाको रूपमा प्रस्तुत गरिएको छ । एमालेले आफ्नो अवधारणालाई नीति तथा कार्यक्रममा समेट्न सफल भएको हो।

अघिल्लो वर्ष प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा भने ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधरणा थिएन।

नेकपा एमालेको नवौं महाधिवेसन २०७१ सालमा ‘नेकपा एमालेको परिकल्पनाः सुखी नेपाली, समृद्ध नेपालको स्थापना’ भन्ने नारा पारित भएको थियो। एमालेले आफ्नो चुनावी घोषणापत्रमा पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई प्राथमिकता दिँदै आएको छ।

प्रकाशित मिति: १६:४० बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्