सूचनाप्रविधि दशक मनाइने
सूचना प्रविधिको उद्योगलाई राजगारी सिर्जनाको क्षेत्रका रुपमा अगाडि बढाइ नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रुपमा स्थापना गरिने पौडेलले उल्लेख गरे।
काठमाडौं, जेठ १ : सरकारले सूचना प्रविधिलाई डिजिटल रुपान्तरणको आधारको रुपमा लिई सामाजिक, आर्थिक रुपान्तरण र समृद्धि हासिल गर्न अगामी दशकलाई ‘सूचना प्रविधि दशक’ का रुपमा मनाउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै संसद्को संयुक्त सदनमा मंगलबार यस्तो घोषणा गरेका हुन्।
सूचना प्रविधिको उद्योगलाई राजगारी सिर्जनाको क्षेत्रका रुपमा अगाडि बढाइ नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रुपमा स्थापना गरिने पौडेलले उल्लेख गरे।
काठमाडौंसहित सातै प्रदेश राजधानीमा सूचना प्रविधि वर्क स्टेसन स्थापना गरिने सरकारको नीति रहेको पौडेलले उल्लेख गरे।
प्रकाशित मिति: १६:३७ बजे, मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)