Kathmandu Press

बञ्चरे डाँडा ल्याण्डफिलका लागि अधिकार सम्पन्न संयन्त्र बन्ने

‘बञ्चरे डाँडा ल्याण्डफिल साइटको व्यवस्थापनका लागि प्रभावित क्षेत्रका सरोकारवाला समेतको सहभागितामा अधिकार सम्पन्न संयन्त्र स्थापना गरिने छ,’ राष्ट्रपति पौडेलले भने।
बञ्चरे डाँडा ल्याण्डफिलका लागि अधिकार सम्पन्न संयन्त्र बन्ने

काठमाडौं, जेठ १ : सरकारले बञ्चरे डाँडा ल्याण्डफिल साइटको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्र बनाउने भएको छ।

उपत्यकाको फोहोर तह लगाइने उक्त ठाउँमा बर्सेनि समस्या आउने गरेको छ । स्थानीयबासीले बारम्बार विभिन्न माग राखेर अवरोध गरिहँदा सरकारले उचित निकास पहिल्याउन सकेको छैन।

Hardik ivf

संघीय संसद्को मंगलबार जारी संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बञ्चरे डाँडाको समस्या समाधानका लागि अधिकार सम्पन्न संयन्त्र बनाउने  बताएका हुन्।

‘बञ्चरे डाँडा ल्याण्डफिल साइटको व्यवस्थापनका लागि प्रभावित क्षेत्रका सरोकारवाला समेतको सहभागितामा अधिकार सम्पन्न संयन्त्र स्थापना गरिने छ,’ राष्ट्रपति पौडेलले भने।

फोहोर व्यवस्थापनमा समस्या आउन नदिन स्थानीयबासीसमेतको सहभागितामा संयन्त्र बनाउने नीति सरकारले लिएको घोषणा नीति तथा कार्यक्रममार्फत गरिएको हो।

प्रकाशित मिति: १६:३५ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्