Kathmandu Press

नीति तथा कार्यक्रम प्रस्तुत भएको बैठकमा ओली अनुपस्थित

पछिल्लो समय सहकारी ठगीका विषयमा संसदीय छनविन समिति गठन गर्ने कि नगर्ने भन्ने विषयमा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच विमत देखिँदै आएको छ।
नीति तथा कार्यक्रम प्रस्तुत भएको बैठकमा ओली अनुपस्थित
Hardik ivf

काठमाडौं, जेठ १ : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको सयुक्त बैठकमा सत्ता घटकको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओली अनुपस्थित भएका छन्।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सयुक्त सदनमा प्राय शिर्ष नेताहरु अनुपस्थित हुने प्रचलन छैन। पछिल्लो समय सहकारी ठगीका विषयमा संसदीय छनविन समिति गठन गर्ने कि नगर्ने भन्ने विषयमा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच विमत देखिँदै आएको छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको सदको बैठकमा ओलीको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति: १६:२० बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्