Kathmandu Press

जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रियकरण गर्न भूमिका खेलिने

‘जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा परेको प्रभाव सम्बन्धी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नेपालको नेतृत्वदायी भूमिका स्थापित गरिने छ,’ पौडेलले भने।
जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रियकरण गर्न भूमिका खेलिने

काठमाडौं, जेठ १ : सरकारले ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा अन्तर्राष्ट्रिय संवाद आयोजना गर्ने भएको छ। संघीय संसद्को मंगलबार जारी संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।

जलवायु संकटबाट अल्पविकसित तथा हिमाली मुलुकमा उत्पन्न जोखिमबारे विश्वको ध्यानाकर्षण गर्न, संवेदनशीलता जोगाउन, सरोकारवाला मुलुकको सञ्जाल निर्माण गर्न र जलवायु वित्तको नतिजामुखी परिचालन गर्न, जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य विषयमा अन्तर्राष्ट्रिय संवाद आयोजना गरिने राष्ट्रपति पौडेलले बताए।

Hardik ivf

यस्तै सरकारले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न बनेको राष्ट्रिय नीति तथा कार्ययोजनालाई कार्यान्वयन गर्ने जनाएको छ।

‘जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा परेको प्रभाव सम्बन्धी मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नेपालको नेतृत्वदायी भूमिका स्थापित गरिने छ,’ पौडेलले भने।

सरकारले २०४५ भित्र शून्य कार्वन उत्सर्जन लक्ष्य हासिल गर्न कार्ययोजना तयार गर्ने भएको छ।

‘सरकारले २०४५ भित्र खुद शून्य कार्वन उत्सर्जन गर्ने लक्ष्य हासिल गर्न जिवाश्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले विस्थापन गर्ने कार्ययोजना तयार गरिने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

 

प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्