यो वर्ष ५ लाख सुकुमबासीको समस्या समाधान गरिने
सरकारको वार्षिक नीति तथा कार्यक्रममा मार्फत ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने नीति ल्याएको छ।
काठमाडौं, जेठ १ : सरकारले आगामी वर्ष ५ लाख सुकुमबासीको समस्या समाधान गर्ने बताएको छ ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममा मार्फत ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने नीति ल्याएको छ।
गुठी सम्बन्धी कानुन व्यवस्थित गर्ने र दोहोरो स्वामित्वको समस्या समाधान गर्ने पनि सरकारले बताएको छ।
यस्तै, सरकारले बन्द उद्योग चलाउने नीतिलाई पुनः दोहोर्याएको छ। राष्ट्रपति पौडेलले बन्द उद्योग कलकारखाना व्यवस्थापन गर्न निजी लगानी आकर्षित गरिने बताए ।
निजी क्षेत्र प्रतिस्पर्धी भएका गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योगलाई सम्भाव्यताका आधारमा सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रकाशित मिति: १६:१० बजे, मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)