आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने
‘कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘आर्थिक वर्ष ०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ।’
काठमाडौं, जेठ १ : आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गरी कृषि क्षेत्रलाई माथि उकास्ने तयारी सरकारले गरेको छ।
सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिए।
‘कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘आर्थिक वर्ष ०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ।’
उनले दशक घोषणापश्चात् सरकारी निजी सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गर्ने जानकरी दिएका छन्।
यस्तै, सरकारले आउँदो दुई वर्षभित्र खोरेत रोग उन्मूलन गर्ने घोषणा गरेको छ। यसका निम्ति निजी क्षेत्रको समेत सहकार्यमा स्थानीय तहमा क्रमशः पशु अस्पताल निर्माण र सञ्चालन गरिने राष्ट्रपति पौडेलले बताए।
प्रकाशित मिति: १५:५२ बजे, मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)