कांग्रेसले राष्ट्रिय सभामा पनि अवरोध गर्ने
राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद सिटौलाले अध्यक्ष नारायणप्रसाद दाहालसँग नीति तथा कार्यक्रम पेस गर्दा अवरोध नगर्ने र त्यसपछि बैठक अवरोध गर्ने जानकारी गराएका छन्।
काठमाडौं, जेठ १ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गर्ने भएको छ।
राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद सिटौलाले अध्यक्ष नारायणप्रसाद दाहालसँग नीति तथा कार्यक्रम पेस गर्दा अवरोध नगर्ने र त्यसपछि बैठक अवरोध गर्ने जानकारी गराएका छन्।
सहकारीको रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ। यसअघि प्रतिनिधिसभा मात्र अवरुद्ध गर्दै आएको कांग्रेसले आजबाट राष्ट्रिय सभा पनि अवरुद्ध गर्ने भएको हो।
मंगलबार अपराह्न ३ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।
लगत्तै प्रतिनिधिसभा र राष्ट्रिय सभामा बैठक बस्नेछ। दुवै बैठकमा कांग्रेसले अवरोध गर्नेछ।
अध्यक्ष नारायण दाहालले संयुक्त बैठक र त्यसपछिको राष्ट्रियसभाको बैठक सञ्चालनबारे छलफल गरेका थिए। दाहालले राष्ट्रियसभाको गरिमा, पहिचान स्थापित गर्न तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो नहुने बताए।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)