Kathmandu Press

जसपा नेपालकी कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राईको पार्टीमा

निर्मलाले मंगलबार कोशी प्रदेश निर्वाचन कार्यालयमा गएर आफू नवगठित जसपाको सदस्य रहेको जानकारी दिएकी छिन्।
जसपा नेपालकी कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राईको पार्टीमा

मोरङ, जेठ १ : जनता समाजवादी पार्टी नेपालकी कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बू अशोक राईले नेतृत्व गरेको नयाँ जसपामा गएकी छिन्।

निर्मलाले मंगलबार कोशी प्रदेश निर्वाचन कार्यालयमा गएर आफू नवगठित जसपाको सदस्य रहेको जानकारी दिएकी छिन्।

Hardik ivf

लिम्बुले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताइन्। कोशी प्रदेशसभामा जसपा नेपालबाट लिम्बु एकमात्र सांसद थिइन्।

जसपा नेपाल विभाजित भएपछि निर्वाचन आयोगले यस पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आफू रहन चाहेको पार्टी कुन हो २१ दिनभित्र सनाखत गर्न आग्रह गरेको थियो।

प्रकाशित मिति: १४:२४ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्